बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ
काठमाडाैं | भदौ ३, २०८०
जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका- ८ का २८ वर्षीय तामाङ साउन ३२ गते पक्राउ परेका हुन्।
उनीविरूद्ध साउन २४ गते एक महिलाले जबरजस्तीकरणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी दाहाले बताए।
अहिले उनीविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप भई घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए। बेलबारी- ८ का वडाध्यक्ष धनपति गौतमका अनुसार तामाङ केहीवर्ष अघिमात्रै विदेशबाट फर्किएर युवासंघमा आवद्ध भएका थिए। उनी क्रसर उद्योगी पनि हुन्।
घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

